• आइतबार, भाद्र २८ २०८३

स्वार्थी ध्रुवको ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक


बिहिबार, असार ९ २०७९
895
Shares

गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ। गीतमा उनकै स्वर तथा संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ।

सुब्रत आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा दिक्पाल कार्की, एसराज गराच र साक्षी लम्साल फिचर्ड छन्। गीत त्रिकोणात्मक प्रेमकथामा आधारित छ।

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन तथा दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ। 

तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसकेका छन्। उनी पेशाले अधिवक्ता हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार