• आइतबार, भाद्र २८ २०८३

बढ्यो सुनको मुल्य , तोलाको कति पुग्यो ?


बिहिबार, असार ९ २०७९
545
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार पुगेको छ। 

बिहीबार चाँदीको भाउमा भने गिरावट देखिएको छ।

चाँदीको बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार