
गाेरखा । रोट्रयाक क्लब अफ गोरखाको वर्ष २०२२ /२०२३ का लागि नयाँ कार्यसमितिको गठन गरेको छ ।
गोरखा सदरमुकाममा बुधबार भएकोे भेलाले निरञ्जन कट्टेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । क्लबकोअध्यक्षमा कट्टेल सँगै निर्बर्तमान अध्यक्ष समिर श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट शिबहरी तिमिल्सिना, उपाध्यक्ष सुस्मिता लौडारी , सचिब अबिन श्रेष्ठ चयन भएका छन् ।
सहसचिब सौनक धिमिरे, कोषाध्यक्षमा सोम श्रेष्ठ, सह कोषाध्यक्ष युनिक अर्याल क्लवको सर्भिस डाइरेक्टरमा संजोग तिमिल्सिना, कम्युनिटी सर्मिसमा सुनिता श्रेष्ठ, इन्टरनेशनल सर्मिसमा पुष्पा थापा, प्रोफेशनल सर्भिसमा रवि श्रेष्ठ, इन्ट्याक कोडिनेटरमा यानु गुरुङ, पब्लिक इमेजमा सुदिप श्रेष्ठ, मिटिङ ब्यबस्थापकमा इन्सान अंगाई चयन भएका छन् ।


