
गोरखा । गोरखामा पनि आज बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ।
बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो।
आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ।
यसअघि आजै बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।


