• मंगलबार, साउन १२ २०८३

१२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोप असार ९ गतेदेखि


बुधबार, असार ८ २०७९
625
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउने भएको छ ।

पहिलो चरणमा २७ जिल्लामा खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दोस्रो मात्रा भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको हो ।

नजिकैको खोप केन्द्रमा वा विद्यालयमा खोप लगाउन मन्त्रालयले बताएको छ ।

दोस्रो चरणको खोप कार्यक्रम भने भदौ ५ गतेदेखि ११ गतेसम्म र दोस्रो मात्रा भदौ २७ गतेबाट असोज १ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी,  मधेश प्रदेश सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्व ।

त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके,दाङ, बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्‍चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार