• आइतबार, भाद्र २८ २०८३

अफगानिस्तानमा गएको भूकम्पमा परी २५० को मृत्यु


बुधबार, असार ८ २०७९
750
Shares

अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ ।

मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरू घाइते भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर ६.१ म्याग्निच्युड स्केलको भूकम्प गएको बीबीसीले लेखेको छ ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । ‘दुर्भाग्यवश ! गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएका छन् भने दर्जनौं घरहरू ढलेका छन्‚’ सरकारका प्रवक्ता बिलाल कारिमीले ट्विटरमा लेखेका छन् ।

उनले सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि निर्देशनसमेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार