• शनिबार, साउन ९ २०८३

बुटवलमा कोरोना संक्रमण आशंकामा उपचाररत युवकको मृत्यु


आइतबार, चैत्र १६ २०७६
985
Shares

रूपन्देहीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको लक्षण देखिएका एक युवकको आइतबार मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु भएको अस्पतालका फोकल पर्सन सुदर्शन थापाले जानकारी दिए।

उनी दुबईबाट चैत ६ गते नेपाल आएका थिए ।

उनको नमुना परीक्षणकाे रिपाेर्ट भने आउन बाँकी रहेको उनले जानकारी दिए।

उनका अनुसार ती युवकलाई हल्का ज्वरो आएको थियो। 

दुबईमा ट्याक्सी चालक काम गर्ने ती युवक चैत ६ गते काठमाडौं आएका थिए। चैत ७ गते मेडिकलमा उपचार गराइरहेका ती युवकमा कोभिड १९ को लक्षण देखिएपछि उनलाई १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना भाइरस संक्रमण हो कि होइन भनेर परीक्षणका लागि ती युवकको नमुना (र्‍याल) काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा पठाइसकिएको र त्यसको नतिजा सोमबार आउने तयारीमा रहेको फोकल पर्सन थापाकाे भनाइ छ। 

वास्तवमा ती बिरामी कोरोना संक्रमित नै थिए वा थिएनन् भन्ने कुरा रिपोर्ट आएपछि मात्रै निश्चित हुने बुटवल कोरोना विशेष (अस्थायी)अस्पतालले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार