• आइतबार, भाद्र २८ २०८३

गोरखामा ३ हजार गाँजाको बोट नष्ट


बुधबार, असार ८ २०७९
685
Shares

गोरखा । विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका करिब ३ हजार गाँजाका बोट प्रहरीले फडानी गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय गोरखा एबम मातहतका प्रहरी इकाईबाट खटिएका प्रहरीको टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको ३ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले बताए ।

लागू औषध नियन्त्रण अभियान अन्तरर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रीएका गाँजाको बोटलाई मानिसहरुले संरक्षण गरी लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता कार्य गर्न सक्ने भन्दै प्रहरीले गाँजाको बोट नष्ट गर्न थालेको उनले बताए ।

स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी गाँजाको बोट नष्ट गरिएको उनले बताए । गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा जिल्ला भर सञ्चालन गरिएकाे उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार