
नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ४ सयले घटेको छ।
बुधबार छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपयाँमा कारोबार भइरहेको छ।
यसअघि, मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ रहेको छ।
यस्तै, बुधबार चाँदी १० रुपैयाँले घटेको छ।
आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।


