
गाेरखा। शहिदलखन गाउपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
गाउपालिकाको ११ औ गाउसभाको अबसरमा सोमबार नीति तथा कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष रमेश बाबु थापा मगरले कृषि नीति अन्र्तगत ५ रोपनि भन्दा बढि जग्गा बाँझो राख्नेलाई भुमीकरले दोब्बर दस्तुर लिइने स्पष्ट पारेको छ ।

निति तथा कार्यक्रममा कृषकलाई उत्पादनमा आधारीत अनदान दिने र जग्गा बाँझो राख्नेलाई भुमी करमा दोब्बर कर लिइने भएको छ । त्यसै गरी एक वडामा एक कृषि उपज संकलन केन्द्रका् स्थापना उत्पादनमा आधारीत भई कृषकलाई अनुदान दिने गाउपालिकाको गोजना रहेको उनले बताए ।
गाउपालिका भित्रका कृषी जन्य बस्तुहरुको उत्पादनलाई प्रसोधन गर्न एक औधोगीक ग्रागको स्थापना गर्ने तालिमहरुबाट ब्यबसाय सञ्चालन गरी रोजगारीको अबसर सृजन गर्ने उद्यमीहरुलाई थप प्रोत्साहन गर्ने ब्यक्तिगत तथा सामुहीक अनुदान प्रदान नीति लिइएको छ ।
यस्तै सहकारी नीति अन्र्तगत दलित सिमान्त कृत अल्पसंख्यक तथा सर्बसाधारणमा सहकारीको पहुच बिस्तार श्रमिक तथा पेसाकर्मीहरुको हकअधिकार संरक्षण तथा व्यवसायिकता बिकासको लागी श्रमिक सहकारी संस्था स्थापनालाई प्रथामिकता दिइने बताए ।
यसको अलवा पुर्बाधार बिकास, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, जिविको पार्जन लगाएतका कार्यक्रमलाइ पनि प्रथामिकता दिइएको गाउपालिकाले जनाएको छ । २५ पृष्ठ लामो उक्त नीति कार्यक्रममा बिसयगत रुपमा गाउपालिकाले गर्ने योजना कार्यक्रमको स्वरुपको बारेमा पनि उल्लेख गरिएको छ ।


