• शनिबार, साउन ९ २०८३

गोरखा अस्पतालमा हटलाइन सेवा सञ्चालनमा (नम्बर सहित)


आइतबार, चैत्र १६ २०७६
3K
Shares

गोरखा । गोरखा अस्पतालले हटलाईन सेवा सुरु गरेको छ ।

स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या परे घरैबाट सल्लाह लिन सकिने गरी जिल्ला अस्पताल गोरखाले हटलाइन सेवा सुरु गरेको हो ।

‘अब सामान्य समस्या पर्दा अस्पताल आइराख्नु पर्दैन, घरैबाट फोनमा सल्लाह गर्न सकिन्छ’ अस्पतालका डा. विनोद दुवाडीले भने ‘फोनबाट समस्याको प्रकृती सुनेर अस्पताल आउनुपर्ने वा कुन औषधी खाने सुझाव दिन हटलाइन सुरु भएको हो ।’

गोरखा अस्पतालले हटलाइनका लागि दुई वटा नम्बर सार्वजानिक गरेको छ । ९८४८२५१३४२ र ९८५६०४०१०४ नम्बरलाई हटलाइन तोकिएको हो ।

सेवाग्राहीले यी दुई वटा नम्बरमा फोन गर्दा सिधै चिकित्सकसंग कुराकानी गर्न पाउने डा. दुवाडीले बताए ।

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई कम गर्न र गाउँगाउँका जनतालाई थप सुविधा दिनका लागि हटलाइन सुरु गरिएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार