• आइतबार, भाद्र २८ २०८३

गण्डकीसहित यी प्रदेशमा वर्षा हुने


बुधबार, असार ८ २०७९
940
Shares

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

देशभरको मौसम बदली रही आज बुधबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बिहान कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार