
गोरखा। लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धमा जिल्ला प्रहरी कार्यालय गोरखाले छेपेटारमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

मंगलवार गोरखा नगरपालिका १० छेपेटारमा जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ बिहस्कार’ भन्ने नारा सहित उक्त कार्यक्रम भएको हाे ।
उक्त कार्यक्रममा सहभागीलाई एसपी केदार खनालले लागु औषध नियन्त्रणमा आमाहरुको भुमिका विषयमा जानकारी दिएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।
लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध सचेतनाका कार्यक्रम निरन्तर गरिरहेका एसपी खनालले बताए ।
आफ्ना छोराछोरीलाई कसरी लागु औषधको दुब्र्यसनीबाट टाढा राख्न र दुब्र्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा खनालले प्रशिक्षण दिएको उनले बताए ।
शान्त एवं सुरक्षित समाज निर्माणका लागि लागु औषध नियन्त्रण आवस्यक रहेको उनले बताए ।


