• आइतबार, भाद्र २८ २०८३

बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा


मंगलबार, असार ७ २०७९
1.2K
Shares

वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधबारदेखि सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाडौंबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ ।

तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार