गोरखा । गोरखाका सामुदायिक विद्यालयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि खेल सामग्री वितरण गरिएको छ । एकिकरण नेपाल गोरखाले गोरखाले जिल्लाका १६ विधालयलाई वपद् जोखिम न्यूनीकरण सम्बन्धि खेल सामग्री वितरण गरेको हो ।
सोमबार गोरखा सदरमुकाममा भएको एक कार्यक्रमका विच गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर रानाले उक्त सामग्री वितरण गरेका हन् । वितरण भएका खेल सामग्रीमा विपद व्यवस्थापन सम्वन्धि विभिन्न ७ प्रकारको खेल सामग्रीहरु रहेको बताइएको छ ।
जसमा कागजको भाडा वनाउने तरिका, विपद् सम्वन्धि सर्प र भयाङ्ग, आगोलागी सम्वन्धि रिले दोड, पहिरो र भुक्षय सम्वन्धि रुमालचोरी खेल, आपत्कालिन सामग्री हाजिरी जवाफ, विपद् जीवन चक्र खेल तथा दुर्घटना सुरक्षा सम्वन्धि भाग्योदय खेल सामग्रीहरु छन् ।
सो सामाग्री वारपाक सुलीकोट गाउँपालिकाको ८ वटा विधालय, गोरखा नगरपालिकाको ७ वटा र सिरानचोक गाँउपालिकाको १ विद्यालयलाई वितरण भएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
विपद् जोखिम न्यूनीकरण शिक्षालाई स्थानीयकरण गर्न खेलको माध्यमबाट बिद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी सीप प्रदान गर्ने उदेश्यले खेल सामग्री वितरण गरिएको आयोजकले वताएको देवकोटाको भनाई छ ।
उक्त खेल सामग्रीहरु विगतमा सम्वन्धित विद्यालयका शिक्षकहरुवाटै प्राप्त ज्ञान र सीपको आधारमा विकास गरिएको एकिकरण नेपाल गोरखाको परियोजना निर्देशक दिपक मरहट्टाले वताए । कार्यक्रममा उनले आकस्मिक समयमा कागजबाट भाडाकुदा बनाउने तरिका र विधीका बारे प्रस्तुतीकरण समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रानाले नेपाल विपद् जोखिमको हिसावले उच्च जोखिममा रहेकाले यस्ता खालको कार्यक्रमले वालवालिकाहरुलाई व्यहारिक ज्ञान, सीप र क्षमताको विकासले विपद्को समयमा हुनसक्ने जोखिम कम हुने वताए ।
एकिकरण नेपालका सिताराम तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासघ गोरखाको अध्यक्ष नरहरि सापकोटाले स्थानीय ज्ञान तथा सिपको प्रयोग गरेर विपद् सम्बन्धि खेल सामग्री निर्माण गर्न तथा खेल सामग्रीलाइ बिद्यालयमा क्लब तथा अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीहरुलाई सिकाउन सकेमा कार्यक्रम प्रभावकारी हुने वताए ।
एल्मुनाई इन्गेजमेन्ट इन्नोभेशन फन्ड एइआइएफ अन्तरगत अमेरिकन दुतावासको आर्थिक सहयोगमा सो सामाग्री वितरण गरिएको आयाेजक संस्थाले जनाएको छ । कार्यक्रममा विधालयका शिक्षकहरुसंग विपद न्यूनिकरणका सवालमा छलफल समेत गरिएकाे थियाे ।