
गाेरखा । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने क्रममा करेन्ट लागेर प्राविधिक कर्मचारीको मृत्यू भएको छ ।

नेपाल विद्युत प्राधिकरण गोरखामा कार्यरत ताप्लेजुङ घर भएका ३२ बर्षीय रामकुमार लिम्बुको मृत्यु भएको हो । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा लिम्बुलाइ करेन्ट लागेको हो ।
गम्भिर घाईते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको विद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।
लिम्बु ७/८ वर्ष अघिदेखि विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखामा ज्यालादारी प्राविधिक कर्मचारीको रुपमा कार्यरत रहेकाे न्यौपानेले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईँदै गरेकाे उनले बताए ।


