• शनिबार, साउन ९ २०८३

कोरोना भाइरसको शंकास्पद एक बालिकाको नमुना गोरखाबाट टेकु पठाइयो


आइतबार, चैत्र १६ २०७६
1.3K
Shares

मोहसिन अलि मियाँ
गोरखा । निमोनिया भएकी एक बालिकाको नमुना परिक्षणका लागि गोरखाबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

कोरोना भाइरसको शंकास्पद रहेको भन्दै जिल्ला अस्पताल गोरखाले आइतबार बालिकाको श्वाव परिक्षणका लागि टेकु पठाएको बताइएको छ ।

शहिद लखन गाउँपालिका नामजुङकी १० बर्षिय बालिकालाई स्वास्थ्यमा समस्या आएपछि शनिबार परिवारले जिल्ला अस्पताल ल्याएको थियो ।

परिक्षणका क्रममा उनलाई निमोनिया देखिएपछि शनिबारबाटै अस्पतालमा रहेको आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको अस्लापताल स्राेतले सिभिलखबरलाइ जानकारी दियाे ।

बालिका लकडाउन अघी काठमाण्डौबाट गोरखा अएको खुलेको छ । हाल उनको अवस्था सामान्य रहेको बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार