• आइतबार, भाद्र २८ २०८३

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा


सोमबार, असार ६ २०७९
745
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन् ।

बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो । बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन् । त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिइन्  । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग खेल्नेछ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार