• आइतबार, भाद्र २८ २०८३

नेपालको कुरिलो विदेश निर्यात


सोमबार, असार ६ २०७९
665
Shares

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।

भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।  

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए।

उनले भने, ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्।’

एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनले भनाइ छ। आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ। विगत ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्।

कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको उनले बताए। कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख आम्दानी गर्ने गरेको उनको भनाइ छ। वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार