• आइतबार, भाद्र २८ २०८३

बिष्णु र शाक्षी अभिनित ‘माया बस्यो है’ सार्वजनिक ( भिडियो )


सोमबार, असार ६ २०७९
895
Shares

काठमाडौं। लामो समय पश्चात नेपाल आइडल फेम्ड गायक पवन गिरीले आफ्नो नयाँ सांगीतिक कोसेली  ‘माया बस्यो है’ सार्वजनिक गरेका छन्। यस गीतमा स्वयम् गायक गिरीको स्वर, शब्द र संगीत रहेको छ।  

गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्।  प्रेमिल शैलीको यस गीतमा शाक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय रहेको छ । राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।

अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल ‘पवन गिरी अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार