• आइतबार, भाद्र २८ २०८३

फेरी बढ्याे पेट्रोलियम पदार्थको मुल्य, अब एक लिटर पेट्राेलकाे १९९ पर्ने


सोमबार, असार ६ २०७९
920
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

आजराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु हुने निगमले जनाएको छ ।

नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन ।

यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार