• आइतबार, भाद्र २८ २०८३

खच्चड बचाउन लाग्दा उत्तरी गोरखामा एक जनालाई खाेलाले बगायाे


आइतबार, असार ५ २०७९
875
Shares

गोरखा । यारुखोलाको भेलमा फसेकाे खच्चड बचाउने क्रममा उत्तरी गोरखामा एक जना वेपत्ता भएका छन् । बगाएको खच्चड बचाउने क्रममा चुमनुव्री गाउँपालिका–३ का ३३ वर्षीय माइला गुरुङ यारुखाेलामामा बेपत्ता बनेका हुन् ।

माछाखोलाबाट उत्तरी गोरखा खच्चडमार्फत सामान ढुवानीको क्रममा आइतबार धार्चे गाउँपालिका–१ को यारुखोलाको भेलमा खच्चड फसेको थियो । उक्त खच्चड बचाउन पुगेका गुरुङलाई खोलाले बगाएको प्रहरीले जनाएकाे छ ।

यारुखाेलाले गुरुङलाई बेपत्ता बनाएकाे खबरपछि स्थानीय र जगतबाट पुगेको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

अझैपनि सडक सञ्जालले नछाेएकाे चुमनुब्री गाउँपालिकामा खाद्धान्न ओसार्न खच्चडकाे प्रयाेग गरिन्छ । साे मार्ग चुमनुब्री गाउँपालिका प्रवेशकाे एक मात्र नाका हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार