• शुक्रबार, भाद्र १९ २०८३

काेराेनाबाट मृतकको संख्या ३१ हजार नजिक


आइतबार, चैत्र १६ २०७६
910
Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३० हजार आठ सय ४७ पुगेको वल्डओमिटरमा उल्लेख छ।

यो तथ्यांक आइतबार बिहान पाैने बजेसम्मको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार