• आइतबार, भाद्र २८ २०८३

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध


आइतबार, असार ५ २०७९
1K
Shares

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । 

मध्यान्ह १२ बजेतिर पहिराे खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् ।

पहिराे हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिराे खसिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार