• आइतबार, भाद्र २८ २०८३

१२ स्वर्णसहित नेपाल च्याम्पियन


आइतबार, असार ५ २०७९
1K
Shares

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते​ च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो ।

एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडीहरुमा वर्षा के.सी. १३ वर्ष, झरना के.सी. १४ वर्ष, सुरोज राजबाहक १५ वर्ष, एन्जीला राई १६ वर्ष, शाहिल घले १६ वर्ष, सर्मिला वाइवा १७ वर्ष, पुष्पका लामा ४५ केजी, वर्षा बुढामगर ५० केजी, साजन बल ५५ केजी, सन्तोष श्रेष्ठ ६० केजी, एरिका गुरुङ ६८ केजी माथि रहेका छन् ।

यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ १७ वर्ष सम्मान मल्ल श्रेष्ठ ५० केजी मुनिले रजत पदक प्राप्त गरेका छन् ।

सुरेन्द्र तामाङ ६७ केजी र सञ्जय महर्जन ८४ केजी माथिले कास्य पदक प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार