
गोरखा। जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
प्रालिका अध्यक्ष सुरेन लामिछानेको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको प्रालीका अध्यक्ष सुरेन लामिछानेको अध्यक्षता र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको प्रमुख आथित्यतामा सभा भएको हो ।


सनिबार सम्पन्न साधारण सभामा अध्यक्ष लामिछानेले ट्याक्सी ब्यवशायीले बाटोका कारण, पार्किङ समस्या हुँदा र रातो प्लेटका निजी सवारीले यात्रु बोक्दा समस्या सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ट्याक्सी ब्यवशायीको समस्या लिएर प्रशासन आउन अनुरोध गर्दै समस्या समाधानको निश्कर्ष निकालीने बताए ।
सहभागीले ट्याक्सीले गोरखामा सहज सेवा दिएको, एम्बुलेन्सको काम पनि गरेको बताउँदै भाडाका विषयमा आउने गुनासोलाई समाधान गर्न सुझाब दिएका थिए । साधारण सभाले नीति तथा कार्यक्रम पनि तय गरेको छ ।
कसरी ट्याक्सीलाई गोरखामा अझै ब्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा नीति बनाइएको प्रालीका अध्यक्ष सुरेन लामिछानेले बताए ।कार्यक्रममा प्रहरी निरीक्षक हिमनाथ घिमिरे, ट्राफिक इन्चार्ज प्रेमप्रसाद पोखरेल, दरौँदी यातायात प्रालीका अध्यक्ष नारायण खत्री, पृथ्वी यातायात सेवा प्रालीका क्षेत्रिय प्रतिनिधि रामबाबु भट्ट, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


