• शुक्रबार, भाद्र १९ २०८३

यस्तो रहेछ इटाली र स्पेनमा कोरोना महामारी सबैभन्दा बढी फैलिनाको कारण


शनिबार, चैत्र १५ २०७६
1K
Shares

विश्वमा अहिले सबैभन्दा बढी कोरोना भाइरसकाे महामारी इटालीमा फैलिरहेको छ। इटालीमा पनि बेरगामो सहरलाई यसले सबैभन्दा बढी गाँजेको छ।

यसैबीच यही ठाउँका मेयर जर्जियो गोरीले फुटबल खेलकै कारण इटाली र स्पेनमा समेत कोरोना महामारी फैलिएको दाबी गरेका छन्।

युरोपेली च्याम्पियन्स लिगका क्रममा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको उनको दाबी छ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल गत फेब्रुअरी १९ मा भएको थियो। जुन हेर्न त्यस दिन सानसिरोमा ४४ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

यसैकारण आफ्नो सहर बेरगामो कोरोना महामारीको सबैभन्दा बढी मारमा परिरहेको मेयर गोरीले दाबी गरेको स्पेनी पत्रिका मार्काले छापेको छ।

मेयर गोरीको दाबी छ- त्यतिबेला भाइरस त्यस रंगशालामा पुगिसकेको थियो भने ४० हजार यसबाट संक्रमित भएको हुनुपर्छ। यो खेल हेरेपछि दुवै टिमका समर्थक आ-आफ्ना सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे।

बेरगामाका चिकित्सकले पनि मेयर गोरीकै दाबीमा समर्थन गर्दै त्यही खेलबाट कोरोना संक्रमण व्यापक बनेकाे बताएका छन्।

मेयर गोरीका अनुसार अनि भ्यालेन्सियाका समर्थकले कोरोना भाइरस आफूसँगै स्पेन पनि पुर्‍याए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार