
काठमाडौं। ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा सार्वजनिक भएको छ। १ दशक अघि अगाडि सार्वजनिक यो गीत मेल भर्सनमा निकै लोकप्रिय भएको थियो ।
मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतमा गायिका सुजाता केसीले स्वर दिएकी छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। गायिका केसीले फिमेल भर्सनमा सार्वजनिक यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन्।
