• आइतबार, भाद्र २८ २०८३

धादिङका किसानले खोसे अवैध रुपमा आएको रासायनिक मल


आइतबार, असार ५ २०७९
780
Shares

अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि धादिङका किसानले खोसेका छन्। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ स्थित धार्केमा ट्रक रोकेर स्थानीयले मल खोसेका हुन्। 

नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ। तर, त्यो मल व्यापारीहरुले ल्याएका थिए। मल आएको जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो। त्यसैले राजश्व अनुसन्धान विभागले मल समातेको थियो। 

समातिएको मल राजश्व अनुसन्धान विभाग हरिहर भवन आउँदै थियो। त्यो सूचना धादिङको किसानले थाहा पाएपछि गाडी रोकेर मल खोसेका हुन्। ​धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरु मिलेर मल खोसेका हुन्। 

मल अवैध रुपले आएको थाहा पाएपछि किसानले लगेको धुनिबेसी नगरपालिका वठा नं ६ का वडा अध्यक्ष रमेशप्रसाद आचार्यले नेपालखबरसँग भने, ‘पछिल्लो समय मलको चरम अभाव छ, किसानहरु जति मूल्य परे पनि तिर्न तयार छन् तर अवैध मल काठमाडौं जाँदै छ भन्ने थाहा पाएपछि उनीहरुले लुटेको देखिन्छ।’

वडाध्यक्ष आचार्यका अनुसार २ वटा ट्रक किसानहरुले रोकेका थिए। एउटा ट्रकमा आधा सिमेन्ट र आधा मल थियो भने एउटामा पुरै ट्रक रासायनिक मल थियो। सिमेन्ट रहेको ट्रकको मल सबै किसानहरुले लगिसकेका छन्। त्यसपछि प्रहरी जनप्रतिनिधिको सहयोगमा मल राजश्न अनुसन्धान विभागलाई नै जिम्मा लगाइएको वडाध्यक्ष आचार्यले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार