• आइतबार, भाद्र २८ २०८३

नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक बेपत्ता


आइतबार, असार ५ २०७९
835
Shares

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्।

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक गए राति इच्छाकामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा चिप्लिएर बेपत्ता भएका हुन्।

कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे पहिरोले सडक अवरुद्ध भएका बेला बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला सो घटना भएको प्रहरीले जनाएको छ।

चिप्लिएको केही तल बोहराको टोपी र चप्पल भेटिएको छ। बोहराको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार