• आइतबार, भाद्र २८ २०८३

बुंकोटका जनप्रतिनिधी र स्थानीय सभालाई क्षमता विकास तालिम


आइतबार, असार ५ २०७९
830
Shares

गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा रहेको स्थानीय सभाका सदस्य र नवनिर्वाचित जनप्रतिनिधीलाई क्षमता विकास तालिम दिइएको छ ।

वडा नम्बर ७ बुंकोटको आयोजना तथा सोच नेपालको सहजीकरण र ब्यवस्थापनमा भएको तालिममा स्थानीय सभाका सदस्य, टोलका अगुवा, नागरिक समाज तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गैसस महासंघ गोरखाका उपाध्यक्ष हरि देवकोटा र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उद्घोषणका तरिका, पूर्व तयारी, कार्यक्रम तथा बैठक सञ्चालन र सहजीकरणका बिधी, प्रकृया, प्रस्तुतीकरणका सिप, सामाजिक परिचालन, संचार सामाग्री, सामाजिक सञ्जालको सदुपयोगका तरिका, असल नेता र नेतृत्वका गुण, विशेषता, काम कर्तब्य र जिम्मेवारी लगायतकाबारे जानकारी गराइएको थियो ।

त्यस्तै पालिकाको योजना तर्जुमाका प्रकृया र चरणहरु, बजेट निर्माणका विधी, योजना कार्यान्वयन तथा फरफारकका सरल तरिका, भुक्तानी प्रकृया, आवस्यक कागजात सम्भावित समस्या र चुनौतीका बारे समेत सहभागीलाई अभिमुखिकरण गराइएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । कार्यक्रममा नेतृत्व विकास सम्बन्धि प्रयोगात्मक प्रशिक्षण समेत गराइएको उनको भनाई छ ।

कार्यक्रममा वडा नम्बर ७ को स्थानीय सभाका प्रतिनिधी, टोलका प्रतिनिधी, महिला समुह, सहकारी समुह, युवा क्लब, जनप्रतिनिधी गरी ४० जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

यस वडामा सोच नेपालले पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत विगत ६ बर्षदेखि सशक्तिकरण, सुशासन प्रवद्र्धन, जनसहभागिता लगायतका क्षेत्रमा बिभिन्न गतिविधी र नीतिगत पैरवीका लागि अभियान सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार