• मंगलबार, कार्तिक ११ २०८३

स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु


शुक्रबार, असार ३ २०७९
840
Shares

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ कि शिक्षिका आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।

तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आराधिका आचार्यको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा ९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो।

घटनास्थलभन्दा ५०० मि तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार