• आइतबार, भाद्र २८ २०८३

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै


शुक्रबार, असार ३ २०७९
705
Shares

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । 

साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो। पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ। पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार