गोरखा । गोरखा नगरपालिकाले सदरमुकाम क्षेत्रमा बिषदी छर्किएको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न नगरपालिकाले शनिबार दिउँसो बजार क्षेत्रको सडक र आसपासका क्षेत्रमा क्लोरिनको झोल छर्किएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।
पहिलो चरणमा गोरखा बजारको खोलखोलेदेखि ठूलोआँगनसम्म बिषादी छर्किएको हो । यो कार्य नियमित रुपमा सञ्चालन गरिने र आगामी दिनमा बजार क्षेत्रकै सतिपिपल, धारापानी, बराह, आहाले लगायतका क्षेत्रमा समेत क्लोरिन छर्किने नगरप्रमुख पन्तले बताए ।
त्यस्तै जिल्ला भित्रिने मुख्य नाका मझुवा देउरालीदेखि गोरखा बजारसम्मको मुख्य मुख्य बजारमा समेत क्लोरिन छर्किने योजना नगरपालिकाको छ ।
कोभिड १९ को संक्रमण हुन नदिन जिल्लामै पहिलो पटक गोरखा नगरपालिकाले बिषादी छर्किने कामको सुरुवात गरेको बताइएको छ ।
हालसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ५ पुगेको छ । शनिबार बाग्लुङकी १९ बर्षिय युवतीमा समेत भाइरसको संक्रमण देखिएको छ ।
हेर्नुस शनिबार गोरखा बजारमा यसरी छर्कियो क्लोरिन (भिडियाे : माेहसिन अलि मियाँ)