• मंगलबार, साउन १२ २०८३

मलेसियामा २४ घन्टामा २ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु


शुक्रबार, असार ३ २०७९
1K
Shares

मलेसिया । मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ।

यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार