
नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ।


