• आइतबार, भाद्र २८ २०८३

चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा पालिका पूर्वअध्यक्ष सहित ६ जनालाई पक्राउ पुर्जी


बिहिबार, असार २ २०७९
3.9K
Shares

गोरखा । भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डे सहित ६ जना विरुद्ध भीमसेन थापा चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि भन्दै विना अनुमति सालका रुखहरु काटेको भन्दै उजुरी परेपछि उनीहरु बिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष इश्वर पाण्डेसहित उपभोक्ता समूहका अध्यक्ष राम ढकाल, सचिव हर्कबहादुर खत्री, सहसचिव टेकबहादुर गुरुङ, स्थानीय मानबहादुर गुरुङ र कृष्णबहादुर भट्टबिरुद्ध पुर्जी जारी गरिएको वन डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

चक्रपथ निर्माणका क्रममा वडा नम्वर ८ स्थित भवानी सामुदायिक वनबाट एक सय ३९ वटा सालको रुख काटेको अनुसन्धान अधिकृत सुरेशकुमार भुजेलले बताए । उपभोक्ता समूहका अध्यक्ष राम ढकाललाई पक्राउ गरिसकिएको र बाँकीको खोजी कार्य जारी रहेको उनले बताए ।

सडक खन्ने क्रममा बिना अनुमति सालको रुख काटेपछि उनीहरु बिरुद्ध मुद्धा दर्ताको तयारी भएको छ । सालको रुख काटेको विषयमा उजुरी परेपछि वन डिभिजन कार्यालयले छानबिन थालेको हो ।

उनीहरुलाई वन ऐन २०७६ अन्तर्गत बिगोको दोब्बर जरिवाना वा दुई बर्ष कैद वा दुवै सजाय हुनसक्छ । समितिका पदाधिकारीको हकमा २० हजार जरिवाना र एक बर्ष कैद सजाय थप हुन सक्ने बताइएको छ । विना अनुमति काटिएका रुखहरुमध्ये केही बरामद गरिएको र केही वन क्षेत्रमै रहेको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार