• आइतबार, भाद्र २८ २०८३

यात्रु ओसार्ने रातो प्लेटका सवारीलाई गोरखामा कारबाही


बिहिबार, असार २ २०७९
725
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

गोरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी तथा यातायात ऐन विपरित रातो प्लेटका निजी सवारी साधनले यात्रु आसारेकोले कारवाही गरेको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

वुधवार ६ वटा निजी सवारीलाई नियन्त्रणमा लिएर कारवाहीका लागी यातायात व्यवस्था सेवा कार्यालय गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।

‘नियम विपरित रातो प्लेटका सवारीले तोकेको भन्दा बढि भाडा लिएर यात्रु ओसार पाेसार गरेको भन्ने गुनासो आएपछि प्रहरीले छड्के चेकजाँच बढाएको उनले बताए ।

चेकजाँचको क्रममा ६ वटा सवारी कारवाहीमा परेको डिएसपी लामिछानेले बताए । जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा कारवाही अभियान थालेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार