• शनिबार, साउन ९ २०८३

नेपाल एयरलाइन्सको विमान दुर्घटना


शनिबार, चैत्र १५ २०७६
880
Shares

तस्विर फाइल

काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।

‘हामी १ बजेतिर काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दुर्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ ज्वार्चनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार