• आइतबार, भाद्र २८ २०८३

अदिती र धिरजको फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक (भिडिओ)


बुधबार, असार १ २०७९
1.2K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक भएको छ। 

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। रोमान्टिक गीतमा अदिती बुढाथोकी र धिरज मगर फिचर्ड छन्।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतमा शब्द तथा संगीत अनमोल गुरुङको छ। भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य भूमिका छ। फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायतका कलाकारको अभिनय छ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्। 

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

फिल्मको पटकथा तथा संवाद रितसिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन्। फिल्मको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन्। यो फिल्म भदौ ३१ गतेदेखि प्रदर्शन हुनेछ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार