• आइतबार, भाद्र २८ २०८३

चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु


बुधबार, असार १ २०७९
860
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

मंगलबार करिब ४ बजे चितुवाको आक्रमणबाट बन्दिपूर– १ बोडीस्वाराका पाँच वर्षीय सुप्रिम थापा मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको आँगनमा खेलिरहेका बालक चितुवाको आक्रमणमा परेका हुन्। चितुवाको आक्रमणमा परेका बालक घरनजिकैको छापेली सामुदायिक वनमा मृत अवस्थामा भटिएको हो। बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखिएको बताइएको छ।

यसअघि शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइते भएका थिए। पछिल्ला केही दिन यता चितुवाको आक्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए।

वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा १२ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार