• आइतबार, भाद्र २८ २०८३

आजदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रका सबै गतिविधि बन्द


बुधबार, असार १ २०७९
595
Shares

चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ।

वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको हो।

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार