• आइतबार, भाद्र २८ २०८३

गोरखामा शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न


बुधबार, असार १ २०७९
3.7K
Shares

गोरखा । गोरखाले वारपाक सुलीकोट गाउँपालिका वडा न ८ स्थित श्री थलीवारी आधारभुत विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपालले साे विधालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला आयाेजना गरेकाे हाे ।

दुई दिन सञ्चालन भएको उक्त कार्यशालामा विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने ९ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका छन् । तालिमलाई चाइल्ड फण्ड जापानको कार्यक्रम सयोजक कृष्ण शरण डगोल, कार्यक्रम अधिकृत सविना जोशी, एकिकरण नेपाल गोरखाको फिल्ड कार्यक्रम अधिकृत रमेश श्रेष्ठले सहजीकरण गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।

कार्यशालामा शैक्षिक सामग्री छपाई सम्वन्धि सामग्रीहरु त्था विषयगत शैक्षिक सामाग्री, शब्द लेखनको वारेमा छलफल भएको देवकोटाले वताए । साथै प्रभावकारी बाल केन्द्रित कृयाकलापहरु सिर्जनशील लेखनका विभिन्न वाल केन्द्रित विधिहरुको वारेमा कार्यशालामा भएको आयोजकले वताएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा चाइल्ड फण्ड जापानको व्यवस्थापक अयारी होण्डाले ४० हजार वरावरको शैक्षिक सामग्री विद्यालयको प्रधानाध्यापक लोक राज भण्डारीलाई हस्तान्तरण गरेकी थिइन ।

एकिकरण नेपाल गोरखाले उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरि विभिन्न शैक्षिक गतिविधिहरु सचालन गरिरहेको छ । समापन शत्रमा वोल्दै वडा अध्यक्ष शरन गुरुङले यस्ता खालको कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा धेरै योगदान पुयाउने वताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार