• शनिबार, साउन ९ २०८३

आज दिउँसो ३ देखि ६ बजेसम्म बाहिर ननिस्किन गोरखा नगरको आग्रह, यस्तो छ कारण


शनिबार, चैत्र १५ २०७६
1.1K
Shares

गोरखा नगरपालिकाले शनिबार दिउँसो बजार क्षेत्रभित्र किटनासक विषादी छर्ने भएको छ ।

कोरोना भइरसको संक्रमण हुन नदिन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै गोरखा नगरपालिकाले क्लोरिन झोल छर्ने भएको हो ।

गोरखा बजार क्षेत्रमा आज दिउँसो ३ बजेदेखि ६ बजेसम्म क्लोरिन झेल छर्कन लागेको नगरपालिकाले जनाएको छ ।

शनिबार बिहान सूचना प्रकाशित गर्दै नगरपालिकाले बजार क्षेत्रका बासिन्दालाई सो समयमा बाहिर ननिस्किन र खाद्य सामाग्री, लत्ता कपडा लगायतलाई सुरक्षित राख्न समेत आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार