• आइतबार, भाद्र २८ २०८३

गोरखामा प्रेसर हर्न राख्ने ९५ सवारी साधनलाई कारबाही


मंगलबार, जेष्ठ ३१ २०७९
1.8K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रेसर हर्न राख्ने ९५ सवारी साधनलाई कारबाही गरेको छ ।

सवारी साधनले ट्राफिक नियम उल्लंघन गरि ध्वनी प्रदुषण गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी र प्रहरी कार्यालय गोरखाले सोमवारबाट कारवाही अभियान थालेको हो ।

ध्वनी प्रदुषण नियन्त्रण गर्ने उदेश्यले बस तथा ट्रकगरी जम्मा ९५ वटा सवारी साधनलाई्र कारबाही गरेको प्रहरीले जनाएको छ । सवारी नियम उल्लघंन गर्ने सवारीलाई कारवाही गरी २५ हजार ५ सय राजश्व संकलन गरेको छ ।

सवारीलाई नियन्त्रणमा लिएर प्रेसर हर्न निकाली जरिवाना पनि तिराएको जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए । अस्वभाविक रुपमा हर्न राख्ने र ध्वनी प्रदुषण हुने गरी बजाउने गरेको गुनासो बढेपछि कारवाही अभियान थालिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार