• आइतबार, भाद्र २८ २०८३

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


मंगलबार, जेष्ठ ३१ २०७९
915
Shares

मंगलबार सुन चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १८ सय रूपैयाँ र चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

सोमबार सुन प्रतितोला ९८ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार