• आइतबार, भाद्र २८ २०८३

एसियामै सबैभन्दा लामो दाह्रा भएको हात्तीको मृत्यु


मंगलबार, जेष्ठ ३१ २०७९
695
Shares

 

एसियाको सबैभन्दा लामो दाह्रा भएको हात्ती भोगेश्वरको मृत्यु भएको छ।

भारतको कर्नाटकस्थित बान्दीपुर टाइगर रिजर्भमा रहेको उक्त ६० वर्षीय हात्ती शनिबार मृत फेला परेको हो।

उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको बताइएको छ। पर्यटकका लागि मुख्य आकर्षणको रुपमा रहेको भोगेश्वरलाई एसियाकै सबैभन्दा लामो दाह्रा भएको हात्ती मानिन्थ्यो।

यो हात्तीलाई ‘मास्टर काबिनी’को नामले पनि चिनिन्थ्यो। वन विभागका अधिकारीहरुका अनुसार भोगेश्वरको एउटा दाह्रा २.५४ मिटर र अर्को दाह्रा २.३४ मिटर थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार