{"caption":"u0924u0928u0939u0941u0901u0915u094b u0906u0901u092cu0941u0916u0948u0930u0947u0928u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093e-u096a u0921u094du092fu093eu092eu0938u093eu0907u0921u0938u094du0925u093fu0924 u092du093eu0938u093fu090fu0915u094b u0938u0921u0915u0916u0923u094du0921 u0964 u0924u0938u094du092cu093fu0930 : u0938u092eu094du091du0928u093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी सडक खण्ड चार दिनपछि दुईतर्फी नै सञ्चालनमा आएको छ।
आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार रातिबाट दुईतर्फी सञ्चालनमा आएको हो।

शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ।
साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ।
दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ। यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ।


