• शनिबार, साउन ९ २०८३

निर्माण क्षेत्रमा संलग्न मजदुरलाई घर पु¥याइने (सूचना सहित)


शनिबार, चैत्र १५ २०७६
985
Shares

गोरखा । गोरखा जिल्लामा विकास निर्माणको काममा संलग्न रहेका मजदुरलाई घर जान दिइने भएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी जारी गर्दै लकडाउन भइ अलपत्र परेका मजदुरलाई घर जान दिने निर्णय भएको जनाएको छ ।

जिल्लामा सञ्चालित विकास निर्माणका काममा कार्यरत मजदुर, कामदारलाई उनिहरुको स्थायी ठेगानासम्म पु¥याउने ब्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले सम्बन्धित निर्माण ब्यवसायीलाई निर्देशन दिएको हो ।

प्रशासकिय अधिकृत हर्कबहादुर रोकाद्धारा हस्ताक्षित सूचनामा निर्माण ब्यवसायीलाई तत्काल सवारीको ब्यवस्था गरी मजदुरलाई घर पु¥याउने ब्यवस्था गर्न र त्यसका लागि प्रयोग हुने सवारीको सम्पूर्ण विवरण सहित इमेल मार्फत कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।
हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार