• आइतबार, भाद्र २८ २०८३

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


सोमबार, जेष्ठ ३० २०७९
660
Shares

सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो। 

छापावाल सुन आइतबार ९९ हजार २ सय  रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो। 

त्यस्तै तेजाबी सुनको मूल्य आज ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघको तथ्याङ्कले देखाएको हो। आइतबार १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार